रवि लामिछानेको नयाँ कार्यक्रम मंगलवारबाट

काठमाडौँ– चर्चित प्रस्तोता रवि लामिछानेले मंगलवारबाट नयाँ कार्यक्रम संचालन गर्ने भएका छन् । लामिछाने सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।

उनले मंगलबार विहान ११ः४५ मा यसबारे विभिन्न माध्यमबाट जानकारी दिने बताएका छन् । उनले लेखेका छन्, ‘भोलिबाट नयाँ यात्राको शुरूवात गर्दैछौं। बिस्तृतमा भोलि बिहान ११:४५ बजेपछि विभिन्न माध्यमबाट जानकारी गराउछौ।’

लामिछानेले यसअघि न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाएका थिए । सोही कार्यक्रममार्फत चर्चा बटुलेका उनले केही समयअघि मात्रै सो टेलिभिजनबाट बिदा लिएका थिए।

उनले बिदा लिएपनि उक्त टेलिभिजनले सोही नाममा नयाँ प्रस्तोता राखेर कार्यक्रम चलाइरहेको छ। यस विषयमा उनका शुभेच्छुकहरूले विभिन्न किसिमले टिका टिप्पणी गरेपनि उनले भने मुख खोलेका छैनन् ।

प्राप्त जानकारी अनुसार लामिछानेले भोलि नयाँ टेलिभिजनमार्फत विशेष कार्यक्रम घोषणा गर्दैछन् । त्यसका लागि उनले केही विशेष व्यक्तिहरूलाई पनि आमन्त्रण गरेका छन् ।

https://www.facebook.com/rabi.nikitalamichhane/posts/2817338668478287

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?