काठमाडौं– ललितपुरको जावलाखेलमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको ज्यान गएको छ । जावलाखेल चोकमा बसले ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो । ती महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बा.२ख ३५७४ नम्बरको बसले प्रदेश ३-०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनकराज भट्टराईले जानकारी दिए । ट्राफिक चेकिङ छल्न खोज्दा बसको ठक्करबाट ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया