भलिबल संघ र केल्मीबीच प्रायोजनको सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । नेपाल भलिबल संघ र स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीबीच प्रायोजन सम्झौतामा आज सोमवार हस्ताक्षर भएको छ ।

नेपाल भलिबल संघले सोमवार केल्मी नेपालसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो ।

संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र केल्मीको नेपाल प्रमुख प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्र अनुसार केल्मीले भलिबल टिमलाई दुई वर्षको लागि प्रायोजन गर्नेछ ।

सम्झौतासँगै केल्मीले संघलाई २ सय ५० वटा भलिबल उपलब्ध गराउने छ भने केल्मीले महिला र पुरुषका लागि २०÷२० सेट ट्रयाकसुट, अफिसियलका लागि जर्सी, खेलाडीका लागि जुत्ता मोजा, ट्रेनिङ जर्सी आदि उपलब्ध गराउने छ ।

प्रायोजन बापत राष्ट्रिय भलिबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा केल्मी अंकित जर्सी लगाउने छन् । केल्मी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रायोजक गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?