काठमाडौं । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहका नेता धमेन्द्र बास्तोला फेरी पक्राउ परेका छन् । सोमवार (आज) नै सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश लगत्तै फेरी प्रहरीले बास्तोलालाई पक्राउ गरेको हो ।
सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थिए ।
थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ।
यसअघि बास्तोलालाई गत पुस २९ गते प्रहरीले मकवानपुर र ललितपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया