नेपाल सुपर लिग फुटबल वैशाख ११ गतेबाट

लोकपथ
0
Shares

काठमाडौं । वैशाख दोस्रो साताबाट नेपालमा पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) हुने भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गरेर नेपाल सुपर लिग वैशाख ११ गतेबाट हुने जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ ।

No description available.

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न ७ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् । त्यसका लागि टिम र टिम मालिकको नाम भने दुई साता भित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा सहभागि हुने टोलीले स्वदेशी र विदेशी खेलाडी राख्न पाउनेछन् । टोलीमा खेलाडी समावेश गर्न खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ ।

लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् भने दुई खेलाडी प्लेईङ सेटमा रहेर खेल्न पाउने आयोजकले जनाएको छ । खेलाडीको श्रेणी एन्फासँगको सहकार्यमा छुट्टाईने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गर्नेे आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?