काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आज सोमवार स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिएका छन् ।
डा.भट्टराई भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा आफ्नो समस्याका बारेमा चिकित्सकसँग परामर्श लिएका हुन् ।
पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।
चिकित्सकहरुले न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि गएका थिए ।
सामाजिक सञ्जाल ट्वीटरमा जनता समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले भट्टराई भोलि मंगलवार दिल्लीस्थित ‘इन्ष्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा भर्ना हुने जानकारी दिएका छन् । भर्ना भएपछि उनको थप स्वास्थ्य परीक्षण हुने पाण्डेले जनाएका छन् ।
स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिनुहुँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई । भारतको नयाँ दिल्लीस्थित 'इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस'मा भर्ना भई उहाँको स्वास्थ्यको थप परीक्षण हुनेछ । भोलि उहाँलाई अस्पतालमा भर्ना गरिनेछ । १० फागुन २०७७ । @brb1954 pic.twitter.com/n2TocIiFSK
— Bishwadeep Pandey (@BishwadeepP) February 22, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया