काठमाडौं । नेपाली कांग्रेस चितवनका नेता एकनाथ रानाभाटको निधन भएको छ ।
पूर्व सांसद समेत रहेका नेता रानाभाटको ६६ वर्षको उमेरमा आज उपचारको क्रममा चितवन मेडिकलमा निधन भएको हो ।
केही समयदेखि उच्च रक्तचापको बिरामी रानाभाटको सोमवार दिउँसो निधन भएको नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।
रानाभाटको निधनले नेपाली कांग्रेसले एक निष्ठावान नेता गुमाएको सभापति श्रेष्ठले बताए । सभापति श्रेष्ठका अनुसार स्वर्गीय रानाभाटको भोलि दाहसंस्कार गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया