डा. युवराज खतिवडालाई बधाई दिँदै राजदूत बेरीले भने- ‘मिलेर काम गर्न सक्छौं’

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडाले नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बधाई दिएका छन् ।

सोमवार ट्वीट गर्दै राजदूत बेरीले नेपाली राजदूतको रूपमा नयाँ भूमिकामा नियुक्त भएकामा बधाई तथा शुभकामना दिएका हुन् ।

अर्थमन्त्री समेत रहेका डा. खतिवडासँग उनको कार्यकालमा भेट्ने र काम गर्ने अवसर पाएको समेत बताए । “संयुक्त राज्य अमेरिकाको लागि नेपाली राजदूतको रूपमा नयाँ भूमिकाका लागि डा युवराज खतिवडालाई हार्दिक बधाई । मैले अर्थमन्त्रीको हैसियतमा उहाँसँग काम गर्ने र भेट्ने अवसर पाएँ ।” राजदूत बेरीले भने ।

साथै अमेरिकाका लागि नेपाली राजदूतका रुपमा खतिवडा हुनुले नेपाल र अमेरिकाबीचको मित्रता अझ राम्रो बनाउनका लागि सँगै मिलेर काम गर्न सक्ने विश्वास रहेको बताए । राजदूत बेरीले भने- “मलाई विश्वास छ कि हामी संयुक्त राज्यसँग नेपालको मित्रतालाई अझ राम्रो बनाउनको लागि मिलेर काम गर्न सक्छौं ।”

डा. खतिवडालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ७ गते अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन् ।

पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?