मोरङ । लागूऔषध खैरो हिरोइनसहित मोरङ कटहरी गाउँपालिका २ का ३ जना र सिराहा मिर्चैयाका एक गरी ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा ३३ वर्षीय धनिराम चौधरी, ३७ वर्षीय मनराज शेख र २३ वर्षीय कैलाश मण्डल रहेका छन् ।
आईतवार दिउँसो साढे ३ बजे कटहरी गाँउपालिका-४ स्थित चमराही चौकबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्लास्टिकले बेरीएको अवस्थामा खैरो हिरोईन ८ (आठ) ग्राम र डिजिटल काटा थान १ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै सिराहा मिर्चैया नगरपालिका-६ बस्ने २८ बर्षीय ब्रमदेव यादव लागूऔषध DAILEX-DC सहित पक्राउ परेका छन् ।
आइतवार (हिजो) साँझ साढे ५ बजे यादवलाई स८प ४५३७ नम्बरको मोटरसाईकलमा मिर्चैयाबाट कटारी जाँदै गरेको अवस्थामा कटारी नगरपालीका-१ चुरे स्थित जंगलमा प्रहरी टोलीले चेकजाँच गर्दा DAILEX-DC थान-२७ सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरे त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया