९ चैत्र २०७९, बिहीवार

बन्ने भयो अर्को गठबन्धन, ५ दलले सघाएपछि कांग्रेसलाई राहत

२०७४,आश्विन,१८,बुधबार १५:०५

0
Shares

काठमाडौं, १८ असोज— नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राप्रपासहित विभिन्न ६ दलले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राती सम्पन्न बैठकले लोकतान्त्रिक— प्रजातान्त्रिक गठबन्धन निर्माण गरेर अघि बढ्ने सहमति गरेको कांग्रेस नेता विमलेन्द्र निधिले बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराए ।मंगलबार एमाले , माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल गर्ने तथा चुनावपछि पार्टी एकता नै गरेर अघि बढ्ने सहमति गरेपछि दवाव रहेको कांग्रेसले आज ६ दलको बैठक बोलाएको थियो । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, विजय कुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र राजपा नेपालका नेताहरु बैठकमा सहभागि थिए ।बैठकले चुनावमा सहकार्य गरेर अघि बढ्नको लागि कांग्रेसका दुई र अरु पाँच पार्टीका १—१ जना सदस्य रहने कार्यदल समेत गठन गरेको छ ।बाम गठबन्धन निर्माणपछि कांग्रेस निकै दवावमा देखिएको छ भने बाम एकतालाई रोक्न कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धन बनाउन पहल थालेको बताइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार १५:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्। लुम्बिनी

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा सहभागि हुन केही बेरअघि कांग्रेस सभापति

काठमाडौं । बुधबार भएको भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००