म्यानमारमा सैन्य ‘कू’को विरोधमा आज देशव्यापी आमहड्ताल

लोकपथ
0
Shares

काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा आज (सोमवार) देशव्यापी आमहड्तालको आह्वान गरीएको छ ।

शनिवारको प्रदर्शनमा प्रहरीको गोली दुई जनाको मृत्यु भएपछि आन्दोलनलाई कडा बनाउन आमहड्तालको घोषणा गरीएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

म्यानमारमा सैनिक कू को विरोधमा दुई हप्तादेखि लगातार प्रदर्शनहरू भइरहेका छन् । आमहड्ताल सफल पार्न प्रदर्शनकारीहरूले नागरिकलाई प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । उक्त विरोध प्रदर्शनमा धेरै निजी क्षेत्रका साथै सरकारी कर्मचारीहरू पनि काम छोडेरै हड्तालमा सामेल भएको जनाइएको छ ।

म्यानमारमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । आन्दोलनकारीहरु संगठित हुन र भेला हुनबाट रोक्न अधिकारीहरूले सूचना बिना नै टेलिफोन सेवा र इन्टरनेट प्रतिबन्ध लगाउन सक्ने सञ्चार माध्यामहरुले जनाएका छन् ।

म्यानमारमा सैनिकले सत्ता कब्जा गरेपछिको माहोल तनावपूर्ण छ । नागरिकहरु यसको बिरोधमा सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । प्रजातान्त्रिक नेतृ आङ साङ सूची लगायतका नेतालाई नजरबन्दमा राखी म्यानमार सेनाले कू गरेपछि त्यहाँका जनता विरोधमा उत्रेका हुन्  ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?