आज कति छ सुनको मूल्य ? हेर्नुहोस्

काठमाडौं । नेपाली बजारमा आइतवार (आज) सुनको मूल्यमा स्थिरता छाएको छ ।

साताको शुरुको दिन आइतवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५० रहेको छ ।

आइतवारको तुलनामा सोमवार सुनको मूल्य तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १३ सय ३० रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १३ सय ३५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?