काठमाडौं । गोरखामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा(१ धामी तोराङ भन्ने ठाउँका एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका हुन् ।
मृत भेटिनेमा ८४ वर्षीय टिलबहादुर गुरुङ, २२ वर्षीया आइतकुमारी गुरुङ (उनकी बुहारी) र टिलबहादुरकी नातिनी पर्ने १३ वर्षीया उषा गुरुङ रहेको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार आज बिहान उनीहरुको उनीहरु मृत भेटिएको खबर पाउनसाथ प्रहरी घटनास्थल पुगेको थियो । साथै उनीहरुको मुखबाट फिँज आइरहेको एसपी गुरुङले बताए । “अहिले नै घटनाको विषयमा केही भन्न सकिन्न । मृतक तीनै जनाको मुखबाट फिँज आइरहेको देखिन्छ । पोस्टमार्टमको लागि टोली पठाउँने तयारी भइरहेको छ ।” उनले भने ।
परिवारका अन्य सदस्यहरु रहेका थिएनन् । अन्य दिनहरुमा झै खाना खाएर सुतेका उनीहरु बिहान मृत अवस्थामा फेला परेका हुन् । उनीहरु मृत भेटिएको थाहा पाउनसाथ छिमेकीहरुले प्रहरीमा खबर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया