२०७८,बैशाख,२४,शुक्रवार

जन्मदिनमा गंगाले ल्याए देशभक्तिपूर्ण गीत’ (भिडियो)


काठमाडौं। जनता समाजवादी पार्टीको नेता तथा गीतकार गंगानारायण श्रेष्ठ (मानव)ले आफ्नो जन्मदिनकै दिन नयाँ गीति भिडियो सार्वजनिक गरेका छन् ।

आफ्नो ५२औं जन्मदिनको अवसर पारेर श्रेष्ठले राष्ट्रप्रेमले ओतप्रोत नयाँ गीत बजारमा ल्याएका हुन् । ‘सयौं भाषा, सयौं भेष, सयौं जात–जाति, सबको पहिचान सबले सम्मान गर्नुपर्छ साथी’ बोलको गीतमा पहिचानको सवाल उठाइएको छ ।

नेपाल १२५ जात–जाति र १२३ भाषाभाषी भएको इन्द्रधनुषी देश हो । यही वास्तविकता गीतकारले आफ्नो गीतमा शब्दमार्फत भाव व्यक्त गरेका छन् ।

नेपालमा बसोबास गर्ने मुख्यमुख्य राष्ट्रियता (जातीय–भाषिक समुदाय) हरूका विषयमा गीतमा उल्लेख गरिएको छ । जस्तैः लिम्बू–राई–तामाङ–नेवार–गुरुङ–मगर–थारू–मुस्लिम–मधेसी–क्षेत्री–बाहुन–दलित ।

राष्ट्रिय एकताको नाममा कसैको पहिचान नस्वीकार्ने अनि पहिचानको नाममा नेपाली हूँ भन्ने नै बिर्सने यी दुबै अतिवादी विचलनविरुद्ध छ यो गीत । यस गीतले नेपाली हुनुमा असाध्यै गर्व गर्छ । साथै सबै जात–जाति, भाषाभाषी, भेषभूषा, भूगोल, संस्कृति सबैको सम्मान पनि गर्छ । सारमा यस गीतले वैचारिक सन्देश दिएको छ ।

राजेश पायल राईको लिड भोकल रहेको यस गीतको संगीत रमेश खड्काले गरेका छन् । शब्द त सुन्दर छँदैछ, त्यतिकै सशक्त स्वर र संगीत पनि छ । समग्रमा गीत सुन्दर र उत्कृष्ट छ ।

गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमा गीत उपलब्ध छ ।

प्रकाशित मिति: २०७७,फाल्गुन,१०,सोमवार १०:३८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं- लोकपथ टिभीले हरेक दिन टप १५ ‘हेडलाईन्स् ‘ प्रस्तुत गर्दै आएको छ। यस समाचार बुलेटिनमा दिनभरको खबर समेटिएको हुन्छ।

काठमाडौं । हामी अहिले कोरोना संक्रमणको दोश्रो लहरसंग जुधिरहेका छौँ । अहिलेको संक्रमणको दर पहिले भन्दा ६ गुणा बढी भएको

काठमाडौं- नेपालकी चर्चित अभिनेत्री हुन्, प्रियंका कार्की । धेरैको मन मुटुमा बस्न सफल यी अभिनेत्री बेलाबखत विभिन्न कारणले चर्चामा आइरहन्छिन्।

अमेरिकाका विगत ७ बर्ष देखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहेका डा. मुनिश शर्माको विशेषज्ञता पल्मनरी क्रिटिकल केयर (छाती र सघन उपचार

चट्याङ लागेर १ जनाको मृत्यु, ८ जना घाइते
 २०७८,बैशाख,२४,शुक्रवार १४:४८
तास खेलिरहेका १० जना जुवाडे पक्राउ
 २०७८,बैशाख,२४,शुक्रवार १४:४३
महन्थले बाग्मतीमा सेलाएको मधेश मुद्दा
 २०७८,बैशाख,२४,शुक्रवार १४:२२