धनगढीमा कोरोना संक्रमित पुरुषको मृत्यु

टेकसिँह धामी/ कैलाली धनगढीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले बताए ।
गोदावरी नगरपालिका २ का ७० वर्षीय पुरुषको आज सोमवार बिहान ५ बजेको समयमा मृत्यु भएको सूचना अधिकारी क्षेष्ठले बताए ।

फागुन ३ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमवार बिहान उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?