काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा कायम भएको छ ।
यसैगरी आज युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७२ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ५ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया