न्युक्यासलविरुद्ध म्यानचेस्टरको सहज जित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि सहज जित निकालेको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलमा घरेलु टोलीले न्युक्यासलमाथि ३–१ गोलअन्तरको जित निकालेको हो।
म्यानचेस्टरका लागि मार्कस रासफोर्ड, ड्यानियल जेम्स र ब्रुनो फरनान्डेजले समान एकएक गोल गर्दा न्युक्यासलका एलन सेन्ट म्याक्सिमिनले एक गोल फर्काए ।

जितसँगै युनाइटेड तालिकाको दोस्रो स्थानमा छ। गएरातिकै खेलमा आर्सनललाई हराएको सिटी युनाइटेड भन्दा १० अंकले अगाडि छ। सिटीले २५ खेलबाट ५९ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको युनाइटेड र तेस्रो स्थानमा रहेको लेस्टर सिटीको समान २५ खेलबाट ४९ अंक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?