बार्सिलोना क्याडिजसँग बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना क्याडिजसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा र्सिलोनालाई क्याडिजले १–१ को बराबरीमा रोकेको हो ।
बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी तथा क्याडिजका एलेक्स फर्नान्डेजले एक एक गोल गरेका थिए । दुवै गोल पेनाल्टीमार्फत भएका थिए ।

खेलको ३२औं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई जीतबाट वञ्चित गराएका हुन् ।

बराबरीपछि बार्सिलोना ४७ अंकसहित तेस्रो स्थानमा रहेको छ भने शीर्षस्थानको एट्लेटिकोको ५५ र दोस्रो स्थानको रियलको ५२ अंक छ । १४औं स्थानको क्याडिजको २५ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?