एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनलविरुद्ध जित निकालेको छ । गएराति आर्सनलको मैदानमा भएको खेलमा सिटीले आर्सनललाई १–० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङले निर्णायक गोल गरे ।
जितसँगै शीर्ष स्थानको सिटीले २५ खेलमा ५९ अंक जोडेको छ । पराजित आर्सनल भने लिगको दशौँ स्थानमा छ । आर्सनलले २५ खेलमा ३४ अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया