समग्र विकासपछि ‘स्मार्ट सिटी’ – मन्त्री शाह

बागलुङ, १८ असोज। शहरी विकासमन्त्री प्रभु शाहले भौतिक पूर्वाधारले मात्र ‘स्मार्ट सिटी’ बन्न नसक्ने बताउनुभएको छ ।‘प्रथम गलकोट सांस्कृतिक महोत्सव’ को आज गलकोटमा उद्घाटन गर्दै उहाँले भन्नुभयो “व्यवस्थित शहर निर्माणका लागि आर्थिक उत्पादन र जीवनस्तर सबल बनाउन सक्नुपर्दछ ।”मन्त्री शाहले “भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिनु आवश्यक छ, योसँगै सामाजिक र मानवीय विकासलाई पनि उच्च प्राथमिकता दिनुपर्छ” भन्दै कला, संस्कृति, भाषा, सभ्यतालगायतका बिषयले पनि शहरी विकास योजनामा ठाउँ पाउनुपर्नेमा जोड दिनुभयो ।गलकोट नगरपालिका र आसपासका क्षेत्र पर्यटन र जलविद्युतको अपार सम्भावना भएको क्षेत्र भएकाले त्यसतर्फ योजनावद्ध तरिकाले अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।संस्कृति, पर्यटन र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले ‘हिमालयन म्युजिक इभेन्ट म्यानेज्मेन्ट’ ले महोत्सव आयोजना गरेको हो । गलकोट नगरपालिका–६ स्थित मजुवा फाँटमा सुरु भएको महोत्सवमा खुल्ला भलिवल, लोकदोहोरी, नृत्य, रत्यौलीलगायत प्रतियोगिता राखिएको छ ।गलकोटका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र व्यवसाय प्रवद्र्धनमा महोत्सवले टेवा पु¥याउने विश्वास लिइएको छ ।महोत्सवमा कृषि, मत्स्य, घरेलु उद्योग तथा कृषि उत्पादन, पशुपंक्षी, ठूला व्यावसायिक प्रतिष्ठानका उत्पादनहरु बिक्रीका लागि राखिएको छ । महोत्सवका आकर्षणको रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, बाल उद्यान, फोटो प्रदर्शनी लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।हेलिकप्टरबाट विभिन्न ठाउँको अवलोकन गराउने योजना पनि आयोजकले बनाएको छ । महोत्सव १० दिनसम्म चल्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?