नाइजेरियामा सैनिक विमान दुर्घटना, अधिकारी भन्छन्- ‘दुर्घटना भयानक’

काठमाडौँ– नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतवार सैनिक विमान दुर्घटना भएको छ । उक्त विमानमा सवार सबै यात्रु जीवित रहनसक्ने आशा निकै कम रहेको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आएका समाचारहरूमा बताइएको छ ।

विमान दुर्घटनाको पुष्टि गर्दै उड्डयन मन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमार्फत दुर्घटनाको पुष्टि गरेका छन् । उनले भने , “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । सिरिकाले भने “दुर्घटना भयानक बताइएको छ । हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ साथै यस घडीमा हामी सबैले पीडितहरूको लागि प्रार्थना गरौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?