विदेशमा उपचार गराउन आउनु परेकोमा लज्जित छु : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विदेशमा उपचार गराउन आउनु परेकोमा आफु लज्जित भएको बताएका छन् ।

डा. भट्टराईले २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा आउनु पर्दा लज्जित र दुखित भएको बताएका हुन् ।

दिल्ली स्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै सामान्य नागरिकको के होला ? भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्  ‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू ! अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जितरदुस्खित छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?’

डा. भट्टराई पेटमा समस्या देखिएपछि उपचारका लागि आज (आइतवार) बिहान नेपाल एयरलाइन्सको विमानमार्फत भारतको नयाँ दिल्ली पुगेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?