अष्ट्रेलियाका प्रधानमन्त्रीले लगाए ‘कोभिड-१९’ विरुद्धको खोप

लोकपथ
0
Shares

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आज (आइतवार) ‘कोभिड-१९’ विरुद्धको खोप लगाएका छन् । त्यहाँ भोलि सोमवारदेखि खोप अभियान शुरु हुँदैछ ।

आम सर्वसाधारणमा खोप लगाउने बिषयमा विश्वसनीयता बढाउन स्वयम प्रधानमन्त्री मोरिसनले खोप लगाएको अनुमान गरीएको अष्ट्रेलियन सञ्चार माध्यामहरुले जनाएका छन् । त्यहाँ अर्को सातासम्म ६० हजार डोज खोप लगाउने अनुमान गरिएको छ ।

प्रधानमन्त्री मोरिसनले खोप लगाउँदा यसलाई त्यहाँको टिभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो । प्रधानमन्त्री मोरिसनले आफूले खोप लगाएको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा समेत राखेका थिए ।

प्रधानमन्त्री मोरिसनले आइतवार एउटा सानो समूहको साथमा खोप लगाएका हुन् । त्यसक्रममा अग्रपंतिमा रहेका काम गर्ने कर्मचारी तथा केयर होममा कार्यरत व्यक्तिहरु सामेल भएको बीबीसीले जनाएको छ । त्यहाँ ८५ वर्षका एक वृद्धलाई खोप लगाएर यो खोप अभियान सुरु गरीएको हो ।
अष्ट्रेलियाले मार्चको पहिलो सातासम्म ४० लाख मानिसलाई खोप दिइसक्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?