भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सेनाले अन्तिम पत्रमा के भनेका थिए ? रसायो सबैको आँखा

लोकपथ
0
Shares

काठमाडौं – चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले शुक्रवार १५ जून २०२० मा भएको भारतीय सेना र चिनियाँ सेनाबीचको झडपको भिडियो सार्वजनिक गर्दै मृत्युवरण गरेका चिनियाँ सैनिकले आफ्नो अन्तिम ईच्छापत्रमा लेखेको कुरा सार्वजनिक गरेको छ ।

घटनाको ८ महिनापछि शुक्रबार चीनले त्यस झडपमा आफ्ना पनि ४ सैनिक मारिएको पहिलोपटक स्वीकार गर्दै विरगति प्राप्त गरेको सेनाको सम्मान पनि गरेको थियो । यसैबीच झडपमा ज्यान गुमाएका सेनाको अन्तिम ईच्छा के थियो भनेर पनि सार्वजनिक गरिएको छ । देशको रक्षा गर्दागर्दै ज्यान गुमाएका उनीहरुको अनितम ईच्छा बाहिरीएसँगै सामाजिक सञ्जालमार्फत् धेरैले उनीहरुप्रति उच्च सम्मानशब्द अर्पण गरेको समाचारमा जनाइएको छ।

अन्तिम पत्रमा चार चिनियाँ सेनाले के भनेका थिए ?

सीजीटीएनमा प्रकाशित समाचार अनुसार भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सेनाहरु चेन हङजुन, वाङ जुओरान, सिआवो सियुआन र चेन सियाङरोङ हुन्।

चेन हङजुन : अन्तिम पत्रमा चेन हङजुनले श्रीमतीलाई भनेका थिए,‘जब म सेवानिवृत्त हुन्छु, म हाम्रो सन्तानको राम्रो हेरचाह गर्नेछु, खाना पकाउनेछु र तिमीसँग माछा मार्न जानेछु।’

वाङ जुओरान : २३ वर्षका चिनियाँ सेना वाङ जुओरानले आफ्नो अन्तिम पत्र आमा र बुबाप्रति समर्पित गरेका थिए। उनले भनेका थिए,‘आमा बुबा, म तपाइँहरुसँगै सँधै रहिरहन सक्दिन होला। तर यदी अर्को जन्म पाएछु भने तपाइँहरुकै छोरा भएर जन्मिन पाउँ।’

सिआवो सियुआन : चिनियाँ सेना सिआवो सियुआनले आफ्नो अन्तिम ईच्छा पत्र प्रेमिकाको लागि लेखेका थिए। उनले आफूले जीवनभर प्रेमिकाको लागि खाना पकाउने पत्रका उल्लेख गरेका थिए । आफ्नो पर्समा प्रेमिकाको फोटो राखेका उनले प्रेमिकासँगै विवाह गर्ने वाचा गरेका थिए।

चेन सियाङरोङ : १८ वर्षका चिनियाँ सेना चेन सियाङरोङले आफ्नो अन्तिम पत्रमा देशभक्ति विचार व्यक्त गरेका रहेछन्। उनले लेखेका छन्,‘मेरो चोखो माया मातृभूमि चीनको लागि समर्पित गर्दछु।’

भारतीय सैनिकसँग विवाद गरिरहेको भिडिओसमेत चीनले सार्वजनिक गरेको छ।

Image result for चिनियाँ सेनाहरु चेन हङजुन, वाङ जुओरान, सिआवो सियुआन र चेन सियाङरोङ

https://twitter.com/i/status/1362754221280423937 

यसैबीच चीनले आठ महिनाअघि गलवान उपत्यकामा सीमा सुरक्षाका क्रममा भारतका सेनासँग भिडन्त गरेकामध्ये एक सैनिकलाई सम्मान गरेको छ। २० भारतीय र ४ आफ्ना सैनिकको ज्यान जानेगरी गत जुन १५ मा भएको झडपमा देशको भूमि रक्षाका लागि बहादुरिपूर्वक संघर्ष गरेको भन्दै चिनियाँ केन्द्रीय सैन्य आयोग (चाइना सेन्ट्रल मिलिट्री कमिशन) ले आफ्ना सैन्य अधिकारी छि फेपाओलाई ‘सीमा रक्षामा वीर रेजिमेन्टल कमान्डर’ उपाधिले सम्मान गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?