‘पार्टीको हातमा भन्दापनि जनताको हातमा लड्डु हुनुपर्छ’- प्रकाशशरण महत (भिडियो)

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको छ ।

प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र वदनियतपूर्ण भनेपनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महाधिवेसनको मिति तय गरेको छ ।

यसै सेरोफेरोमा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसँग कुराकानी गरेका छौं । कुराकानीमा सहमहामन्त्री महतले कांग्रेसले आन्तरिक राजनीति र संगठनको लागि महाधिवेसनमा केन्द्रीत हुने र प्रतिनिधि सभाको आवधिक निर्वाचनको लागि तयार हुनेगरी तयारी थाल्ने बताएका छन् । उनले भने, ‘पार्टीको हातमा लड्डु हुन्छ कि हुँदैन कुन पार्टीको हातमा लड्डु हुन्छ कसको हातमा लड्डु हुन्छ त्यो महत्वपूर्ण कुरा होइन।’

प्रस्तुत छ, महतसँग गरिएको कुराकानीको सम्पादित अंश 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?