प्रधानमन्त्री ओली भोलि सुदूरपश्चिम जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमवार) सुदूरपश्चिम प्रदेश जाने भएका छन् ।

कञ्चनपुरमा रहेको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली सुदूरपश्चिम जान लागेका हुन् ।

९ अर्ब लगानीमा ५ वर्ष भित्र निर्माण सम्पन्न हुने दैजीछेला औद्योगिक क्षेत्रको  भोलि सोमवार प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सो कार्यक्रमका लागि  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट भने आजै आइतवार नै धनगढी पुगिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?