काठमाडौं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले जनताले जिताएर पठाए पनि सरकारले काम गर्न नसकेको बताएका छन् ।
उनले काम गर भनेर पठाएको दुई तिहाई बहुमतको सरकारले काम गर्न दिईएन भनेर संसद विघटन गर्नु सामान्य घटना नभएको बताएका हुन् ।
आज (आइतवार) रूपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रेस क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा राउतले नेपालमा सबै किसिमका व्यवस्था फेल हुँदै गएकाले जनता निराश बनेको बताएका छन् । विकास गर, रोजगारी सिर्जना गर र संघीयताको संरक्षण गर भनेर जनताले चुनेर पठाए पनि काम गर्न नसक्नु सरकारको कमजोरी भएको कारण जनता निराश बनेको बताएका हुन् ।
राउतले अहिले चलिरहेको नागरिक आन्दोलन आन्दोलन दलविशेषको हुन नहुनेमा जोड दिए । उनले नागरिक आन्दोलन पक्ष विपक्ष नहुने नागरिक सामाजले पुस्तौंदेखि भएका अन्यायलाई उठाउन सकेनन् भने नागरिक आन्दोलनको औचित्य नरहने पनि बताएका छन् ।
राउतले उनले वडादेखि राष्ट्रपतिसम्म प्रत्यक्ष चयन गर्न पाउनुपर्ने बताएका पनि छन् । उनले संसद विघटनको विषय सर्वोच्च अदालतमा रहेकोले त्यसप्रति अहिल्यै केहि नबोले बताएका छन् । तर संसद पुनर्स्थापना नभए आफूहरू चुनावमा जान तयार रहेको स्पष्ट पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया