बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

लोकपथ
0
Shares

काठमाडौं । आइतवार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ८ सयले बढेर ८९ हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रवार छापावाला सुन तोलाको ८८ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आइतवार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।

त्यसैगरी चाँदी भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?