प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, ओली पक्ष नै बैठक अवरुद्ध गर्ने तयारीमा

काठमाडौं । प्रदेश १ को हिउँदे अधिवेशनको तेस्रो बैठक आज (आइतवार) बस्दै छ ।

यसअघी अवरुद्ध हुँदै आएको प्रदेश १ को प्रदेशसभा बैठक आजका लागि बोलाइएको हो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका कारण आजको बैठक पनि सत्ता पक्षकै सांसदले अवरुद्ध गर्ने तयारी गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । बैठकमा राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची छ । सरकार विरुद्धको अविश्वासको प्रस्तावलाई अगाडी लैजानुभन्दा ओली पक्षका सांसदले बैठक नै अघि बढ्न नदिने रणनीति लिएका हुन् ।

माघ २५ गतेको बैठक पनि ओली पक्षका सांसदले अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?