एभर्टनको ऐतिहासिक जितमा लिभरपुलको लगातार चौथो हार

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले ऐतिहासिक जित निकालेको छ । गएराति सम्पन्न खेलमा एभर्टनले लिभरपुललाई सन् १९९९ को सेप्टेम्बर पछि पहिलो पटक पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुल एभर्टनसँग २–० गोलअन्तरले पराजित भएको हो। प्रिमियर लिगमा लिभरपुलको लगातार यो चौथो हार हो।

एभर्टनका लागि खेलको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गरे भने ८३ औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत् गोल गरे ।

जारी लिगमा लिभरपुल २५ खेलबाट ४० अंक जोडेर छैठौं स्थानमा छ भने २४ खेलमा ४० अंक जोडेको एभर्टन सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?