अदालत पुगिन् कादर्सियन, हुँदैछ सम्बन्धबिच्छेद

लोकपथ
0
Shares

अमेरिकी मोडल तथा टेलिभिजन प्रस्तोता किम कादर्सियन वेस्टले -यापर कान्ये वेस्टसँग डिभोर्स माग्दै अदालतमा मुद्दा दर्ता गराएकी छिन् । लस एन्जलस सुपेरियर कोर्टका क्लर्कले शुक्रबार यसको पुष्टि गरेका हुन् ।

यद्यपी, कादर्सियनका तर्फबाट कुनै टिप्पणी भने नआएको उनले जनाएकी छिन् । कादर्सियनले चार छोराछोरीको जिम्मा पनि संयुक्त रुपमा लिन पाउनुपर्ने माग गरेकी छिन् । यो जोडीबीच २०१४ मा इटलीमा भव्य विवाह भएको थियो । तर, सम्बन्धमा खटपट देखिएपछि पछिल्लो केही समयदेखि उनीहरु अलग–अलग बस्दै आएका छन् ।
कान्ये वाइओमिङमा बस्दै आएका छन् भने छोराछोरीसहित कादर्सियन क्यालिफोर्निया बस्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?