९ आश्विन २०७८, शनिवार

दाँत चम्किलो बनाउन म छ भने दैनिक यी १० खाना खानोस

२०७४,आश्विन,१८,बुधबार १३:३२


हामी प्राय दाँत सफा गर्न खाना खाएपछी दिनको कम्तिमा दुईपटक ब्रस गर्ने गर्छौ तर यदी नियमित रूपमा उचित खानाको सेवन गर्ने हो भने दाँतलाई प्राकृतिक रूपमा नै सफा गर्न सक्छौ । हामीले खाने केहि खानाहरू यस्ता छन् जसले हामीलाई दाँत सफा राख्न मद्दत गर्छ । दाँत सफा गर्ने १० खानाहरू दाँत सफा गर्न सक्ने १० वटा खानाका परिकार यस्ता छन्स् १। स्ट्रवेरीस् स्ट्रवेरीको प्रयोगले दाँतलाइ बलियो र सफा राख्न मद्धत गर्छ । खानासँगै स्ट्रबेरी पनि खाने गरेका यसले दाँतलाई सफा तथा बलियो बनाउन सहयोग गर्छ । स्ट्रबेरीमा भएको एसिडले दाँतलाई सफा गर्ने काम गर्छ । २। काउलीस् हामीले प्राय नियमित रूपमा प्रयोग गर्ने तरकारी काउलीले पनि हाम्रो दातँलाई सफा राख्छ । काउलीले दाँतमा टासिने फोहोरलाई सफा गर्नुका साथै सेलिभा उत्पादनका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ । ३। तरबुजारखरबुजास् दिनमा करिब २ कप तरबुजा या खरबुजाको प्रयोगले हामीलाई स्वस्थ राख्न मद्धत गर्छ । तरबुजा या खरबुजामा हुने भिटामिन सि ले आइरनलाइ सोस्न मद्धत गर्छ । यसले मांशपेशीहरू नष्ट हुने प्रक्रियालाई रोक्नुका साथै दाँतलाई समेत स्वसथ्य राख्न मद्धत गर्छ । ४। सुन्तलास् सुन्तलाको प्रयोगले पनि दाँतलाइ सफा तथा स्वस्थ राख्न सक्छ । सुन्तलामा पाइने भिटामिन सि ले पनि आइरनलाइ सोस्ने गर्छ । ५। स्याउस् दिनमा एउटा स्याउको प्रयोगले दाँतलाई सफा र बलियो बनाउँछ । स्याउको जुस खानु दाँतका लागी अझ फाइदाकारी हुन्छ । स्याउ चपाएर खाँदा दाँतमा रहेको इनामेललाइ खियाउन सक्ने हुनाले दाँतलाई सफा र बलियो राख्न स्याउको जुस नै बढी प्रभावकारी हुनरुछ । ६। सागपातस् हरिया सागपातमा पाईने क्यारोटिन बलियो तथा सफा दाँत बनाइराख्न मद्दत गर्छ । ७। दुग्ध पदार्थस् दुध, दही, चिज जस्ता दुग्ध पदार्थ जसमा ल्याक्टिक एसिडको मात्रा पाइन्छ त्यसले पनि दाँतलाई खिइनबाट जोगाउँछ । दहीमा पाइने प्रोटिनले दाँतलाई मजबुत बनाउनुका साथै दाँतलाई खराब बनाउन सक्ने एसिडहरुबाट जोगाउँछ साथै दुग्ध पदार्थमा पाइने क्यालसियमले पनि दाँतलाई मजबुत बनाइराख्न सहयोग गर्छ । ८। सिमी तथा बोडीस् यसको प्रयोगले स्यालिभाको उत्पादनलाइ बढाउन सहयोग गर्नुका साथै मुखलाई राख्न मद्धत गर्छ । ९। अंगुरस् अंगुरमा पाइने म्यालिक एसिड तथा अन्य केहि इन्जाइमले दाँतलाई चम्किलो राख्न मद्दत गर्छ । १०पानीस् पानीको उचित प्रयोगले शरिरका धेरै रोगहरूलाई कम गर्न सक्ने कुरा त हामी सबैलाई थाहा नै छ । यस्तै यसले दाँतलाई पनि सफा राख्न मद्दत गर्छ । खाना खाने क्रममा पानी खानु उचित नहुने भएपनि खानाको अन्तिम गाँसपछी थोरै पानी खानु दाँतको लागि राम्रो मानिन्छ । यसरी यी १० खानाको प्रयोग नियमित गर्न सके दाँतको उपचारका लागी पटक(पटक डेन्टिस कहाँ जानुपर्ने समस्याबाट बच्न सकिन्छ । रोचकखबरबाट साभार

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार १३:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । जिन्दगीमा सफलता त्यही व्यक्तिले हात पार्छ जो

आज विश्व अल्जाइमर दिवस । प्रत्येक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाइदैं आइएको छ । यो वर्ष

अधिकांशमा एउटा भ्रम देख्छु म, कि तौल कम गर्नका लागि उमालेको अण्डा शरीरको तौल कम गर्न उपयोगी डाइट हो ।

डा. हेमराज कोइराला I लामो आयु बाँचेकाहरूको दीर्घजीवनका रहस्यहरू केलाउँदै जाने हो भने उनीहरू लामो उमेरसम्म बाँच्नुको मुख्य कारण पैदल

ताजा समाचार

कांग्रेसको पालिका अधिवेशन आजदेखि सुरु
 २०७८,आश्विन,९,शनिवार ०८:४४
यस्तो छ आजको विनिमयदर (सूचीसहित)
 २०७८,आश्विन,९,शनिवार ०८:२७
यस्तो छ आजको मौसम पूर्वानुमान
 २०७८,आश्विन,९,शनिवार ०८:१३
बलेवामा नगर अस्पताल सञ्चालन
 २०७८,आश्विन,९,शनिवार ०७:५१
थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै
 २०७८,आश्विन,९,शनिवार ०७:४०
एक करोड मात्रा खोप आउने सुुनिश्चित
 २०७८,आश्विन,९,शनिवार ०७:३२
मन्त्री नहुँदा कर्मचारीलाई सास्ती
 २०७८,आश्विन,९,शनिवार ०७:२४