काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न गरिएको भन्दै आपत्ति जनाएका छन्।
उनले हिजो (शुक्रवार) सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो बताएका हन् ।
उनले लेखेका छन्, ‘प्रेस विज्ञप्ति:
मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपि वली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री वनेर वामदेव जादैछन् भन्ने ग़लत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ।
मेरा सवै मित्रहरुलाई यसकिसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु!!
वामदेव गौतम
संयोजक
नेकपा एकता राष्ट्रीय अभियान
७।११।२०७७’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया