बाबुरामले भने : लोकतन्त्र विरुद्ध खड्ग प्रहार भइरहँदा अरू तमासे बनिरहने हो ?

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून र लोकतन्त्र विरुद्ध खड्ग प्रहार गरिरहेको बताएका छन् ।

उनले आज (शनिवार) ट्वीटरमा एक ट्वीट गर्दै उनले प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध खड्ग प्रहार गरिरहँदा अरु तमासे बनिरहने भन्दै प्रश्न समेत सोधेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘खड्गप्रसादले संविधान/कानून/लोकतन्त्र विरूद्ध खड्गप्रहार गरिरहने;अरू तमासे बनिरहने?प्रतिनिधिसभा विघटन!संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति!प्रदेशप्रमुख बर्खास्त!सचिव र कर्मचारीहरूको पजनी!फाष्टट्र्याक,तल्लो अरूण झ्वाम! नभुलैौ-हिटलर लोभी/कायरकै काॅध चढेर आएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?