बर्दिया । बर्दियामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका–५ शाहीपुर बजारमा भे १ क १४८८ नम्बरको टिप्परले भे १० प २६४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कोहलपुर ८ का नवराज बुढाथोकीको मृत्यु भएको हो ।
मृतक नेपाली सेनामा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिए लगत्तै टिप्पर भागेको थियो । दुर्घटनास्थलदेखि करिब ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया