सफल भयो नासाको मंगल मिसन (तस्बिरहरु)

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान पृथ्वीबाट उडेको सात महिनापछि मंगल ग्रहमा अवतरण गरेको छ । नासाका अनुसार उक्त यान नेपाली समय अनुसार शुक्रवार बिहान २: ४० बजे मंगल ग्रहको सतहमा अवतरण गरेको हो ।

जमिनबाट पठाइएको सात महिनापछि ‘पर्सिभेरेन्स रोभर’ नाम दिइएको सो यान करिब आधा अर्ब किलोमिटर तय गर्दै मंगल ग्रहमा सफल अवतरण गरेको हो ।

उक्त यान मंगल ग्रहमा अवतरण भएपछि पठाएको पहिलो तस्वीरले अभियानमा जोडिएका अन्वेषक वैज्ञानिकमा खुशी सञ्चार गरेको छ ।

मंगल ग्रहमा सफल अवतरण गराउनु सबैभन्दा ठुलो चुनौती ठानिएको थियो । मंगल ग्रहमा अवतरण गर्नासाथ यानले एक तस्बिर ट्विट गरेपछि नासाको कन्ट्रोल रुममा रहेका वैज्ञानिकहरू खुसीले उफ्रिएका थिए।‘

जेजेरो क्रेटरमा अवतरण गरेको यानले आगामी दुई वर्षसम्म त्यहाँको चट्टान खन्ने र विगतको जीव प्रमाणबारे खोजी गर्ने नासाले जनाएको छ ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?