कपाल झरेर हैरान हुनुहुन्छ ? यस्ता उपाय अपनाउनुहोस्

काठमाडौं । आफ्नो कपाल सुन्दर होस् भन्ने चाहना सबैको हुन्छ । तर दुषित हावा, व्यस्त जीवनशैली, हेरचाह पर्याप्त नगर्नु, फोहोर पानी र बढ्दो केमीकलको प्रयोगका कारण धेरैको कपाल रुखो भएको छ ।

अझै स्कुटरमा हिँड्ने युवतिहरुको कपाल लामो समयसम्म हेलमेटभित्रै गुटमुटाउँदा पसीनाले कपाल हेरिसाध्यै हुँदैन । परिणामस्वरुप कपाल सुक्खा हुन्छ र झर्ने समस्या पनि बढ्छ । हेर्दा पनि झुर्रर्र पर्छ ।

अब धन्दा नमान्नुहोस् । लोकपथ डटकमले केही व्युटिसियनको सल्लाह जम्मा पारेर यहाँ प्रस्तुत गरेको छ ।
व्युटिसियनका अनुसार कुनै रसायनको प्रयोगविना नै कपाल मुलायम बनाउन सकिन्छ । चाँया पर्ने, झर्ने, टुक्रिनेकपालको समस्याबाट मुक्त हुनका लागि तपाईले प्रयोग गर्नुपर्छ- प्याज।

के हुन्छ, यसको प्रयोगले ? कसरी प्रयोग गर्ने ?

ब्युटिसियन जस्मिना भन्छिन्, यसको नियमित प्रयोगले जरा मजबुत बनाउँछ ।

प्याजको रस कपालमा लगाउँदा यसमा पाईंने तत्वले कपालको जरा बलियो हुन्छ, कपाल बाक्लो बनाउँछ ।

प्याजको रस सही रुपमा प्रयोग गर्दा कपाल चम्किलो र सिल्की बन्छ । प्याजको रसमा हुने एन्टिब्याक्टेरियलले कपालमा चाँया कम गर्नुका साथै कपाल बाक्लो र लामो बनाउन मद्धत गर्छ । त्यसैले प्याजको रस नियमित प्रयोग गर्दा तपाईको कपाल लामो र बाक्लो हुन्छ ।

प्याजको रस बनाउने विधि

पहिले प्याजलाई ताछेर धुनुहोस् ।

छोटो-छोटो टुक्रा बनाउनुहोस्

त्यसलाई काटिसकेपछि पिस्नुहोस् । (ग्राण्डरमा पिस्दा राम्ररी रस निकाल्न सकिन्छ ।)

यसपछि यसलाई जालीमा राखेर छान्नुहोस् ।

प्याजको रस तयार हुन्छ ।

अब हातमा पन्जा लगाएर थोरै थोरै कपाल लिँदा फेदमा र पुरै कपालमा लगाउनुहोस् ।

प्याजको रस लगाएपछि केही समय तपाईलाई चहर्‍याउन वा चिलाउन पनि सक्छ । तर,केही समयमै ठीक हुन्छ ।

यो क्रम हरेक हप्ता दोहोर्याएमा यस्तो समस्याबाट छिट्टै मुक्ति मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?