धेरैपछि एकसाथ देखिए पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी, परिवारको फोटोसेसन

काठमाडौं– पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह एकसाथ देखिएका छन् । झापाको होटल मेची क्राउनमा शुक्रवार पूर्वयुवराज दम्पत्ती एकसाथ देखिएका हुन्।

पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सबै सदस्य धुलाबारीस्थित होटलमा पुगेका हुन्। राजपरिवारका सदस्यले सामूहिक तस्बिर खिचेका छन् ।

बुधबारदेखि राजपरिवारका सदस्य होटलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?