नवनियुक्त प्रदेश प्रमुख झाले लिए सपथ, उपराष्ट्रपति र सभामुख अनुपस्थित

काठमाडौँ- प्रदेश २ का प्रमुख राजेश झाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा उनले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गराइएको सपथ ग्रहणमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो । सभामुख अग्निप्रसाद सापकोटा र उपराष्ट्रपति नन्दकिशोर पुन भने सपथ ग्रहणमा सहभागी भएनन् ।

शुक्रवार तिलक परियारलाई हटाएर झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?