देशमा प्रधानमन्त्री र राष्ट्रपतिको ‘गुण्डागर्दी’ चलिरहेको प्रचण्डको आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले ‘गुण्डागर्दी’ चलाएको आरोप लगाएका छन् ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्न बारा सिमरा पुगेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपतिलाई त्यस्तो आरोप लगाएका हुन् ।

त्यस्तै कुनैपनि हालतमा निर्वाचन नहुनेमा आफूहरु ढुक्क भएको उनको दाबी छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने( ‘संसद पुनर्स्थापना नहुुने अवस्था आयो भने सरकारले तोकेको समयमा निर्वाचन हुन्न । किनभने ६४ प्रतिशतको जनमत आफूहरूसँग रहेको छ हामी जनता र पार्टी दुबैमा आफूहरु अब्बल छौं। त्यसैले चुनाव हुनेमा आफूहरूलाई रतिभर विश्वास छैन।’

त्यस्तै संसद विघटन सदर नभएरमा देश अन्धकारमा जाने चिन्ता व्यक्त गरेका छन् ।

साथै निर्वाचन आयोगले दुई भागमा विभाजित कुन नेकपालाई आधिकारिकता दिने भन्ने विषयमा दोधार भएकोले नै निर्णय दिन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?