म्यानमारमा सैनिक ‘कू’ : प्रदर्शनमा सहभागीमाथि सेनाले चलायो गोली, एकको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । म्यानमारमा एक महिलाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको छ । म्यानमारमा सैनिक ‘कू’ पछि भएको प्रदर्शनमा सहभागी घाइते भएकी २० वर्षीया ती महिलाको उपचारका क्रममा शुक्रवार मृत्यु भएको हो ।

म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो पटक हो ।

जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता हत्याएपछि म्यानमारमा हाल दिनैजसो प्रदर्शनहरू भइरहेका छन् ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?