प्रदेश नं २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडौं । प्रदेश नं २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले झा लाई शुक्रवार प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झा लाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि प्रदेश नं २ को प्रदेश प्रमुख तिलक परियार रहेका थिए । उनलाई आज नै राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?