११ चैत्र २०७९, शनिवार

दाँत चम्किलो बनाउन मन छ भने दैनिक यी १० खाना खानोस

२०७४,आश्विन,१८,बुधबार १३:३१

18
Shares

हामी प्राय दाँत सफा गर्न खाना खाएपछी दिनको कम्तिमा दुईपटक ब्रस गर्ने गर्छौ तर यदी नियमित रूपमा उचित खानाको सेवन गर्ने हो भने दाँतलाई प्राकृतिक रूपमा नै सफा गर्न सक्छौ । हामीले खाने केहि खानाहरू यस्ता छन् जसले हामीलाई दाँत सफा राख्न मद्दत गर्छ ।दाँत सफा गर्ने १० खानाहरूदाँत सफा गर्न सक्ने १० वटा खानाका परिकार यस्ता छन्स्१। स्ट्रवेरीस् स्ट्रवेरीको प्रयोगले दाँतलाइ बलियो र सफा राख्न मद्धत गर्छ । खानासँगै स्ट्रबेरी पनि खाने गरेका यसले दाँतलाई सफा तथा बलियो बनाउन सहयोग गर्छ । स्ट्रबेरीमा भएको एसिडले दाँतलाई सफा गर्ने काम गर्छ ।२। काउलीस् हामीले प्राय नियमित रूपमा प्रयोग गर्ने तरकारी काउलीले पनि हाम्रो दातँलाई सफा राख्छ । काउलीले दाँतमा टासिने फोहोरलाई सफा गर्नुका साथै सेलिभा उत्पादनका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ ।३। तरबुजारखरबुजास् दिनमा करिब २ कप तरबुजा या खरबुजाको प्रयोगले हामीलाई स्वस्थ राख्न मद्धत गर्छ । तरबुजा या खरबुजामा हुने भिटामिन सि ले आइरनलाइ सोस्न मद्धत गर्छ । यसले मांशपेशीहरू नष्ट हुने प्रक्रियालाई रोक्नुका साथै दाँतलाई समेत स्वसथ्य राख्न मद्धत गर्छ ।४। सुन्तलास् सुन्तलाको प्रयोगले पनि दाँतलाइ सफा तथा स्वस्थ राख्न सक्छ । सुन्तलामा पाइने भिटामिन सि ले पनि आइरनलाइ सोस्ने गर्छ ।५। स्याउस् दिनमा एउटा स्याउको प्रयोगले दाँतलाई सफा र बलियो बनाउँछ । स्याउको जुस खानु दाँतका लागी अझ फाइदाकारी हुन्छ । स्याउ चपाएर खाँदा दाँतमा रहेको इनामेललाइ खियाउन सक्ने हुनाले दाँतलाई सफा र बलियो राख्न स्याउको जुस नै बढी प्रभावकारी हुनरुछ ।६। सागपातस् हरिया सागपातमा पाईने क्यारोटिन बलियो तथा सफा दाँत बनाइराख्न मद्दत गर्छ ।७। दुग्ध पदार्थस् दुध, दही, चिज जस्ता दुग्ध पदार्थ जसमा ल्याक्टिक एसिडको मात्रा पाइन्छ त्यसले पनि दाँतलाई खिइनबाट जोगाउँछ । दहीमा पाइने प्रोटिनले दाँतलाई मजबुत बनाउनुका साथै दाँतलाई खराब बनाउन सक्ने एसिडहरुबाट जोगाउँछ साथै दुग्ध पदार्थमा पाइने क्यालसियमले पनि दाँतलाई मजबुत बनाइराख्न सहयोग गर्छ ।८। सिमी तथा बोडीस् यसको प्रयोगले स्यालिभाको उत्पादनलाइ बढाउन सहयोग गर्नुका साथै मुखलाई राख्न मद्धत गर्छ ।९। अंगुरस् अंगुरमा पाइने म्यालिक एसिड तथा अन्य केहि इन्जाइमले दाँतलाई चम्किलो राख्न मद्दत गर्छ ।१०पानीस् पानीको उचित प्रयोगले शरिरका धेरै रोगहरूलाई कम गर्न सक्ने कुरा त हामी सबैलाई थाहा नै छ । यस्तै यसले दाँतलाई पनि सफा राख्न मद्दत गर्छ । खाना खाने क्रममा पानी खानु उचित नहुने भएपनि खानाको अन्तिम गाँसपछी थोरै पानी खानु दाँतको लागि राम्रो मानिन्छ ।यसरी यी १० खानाको प्रयोग नियमित गर्न सके दाँतको उपचारका लागी पटक(पटक डेन्टिस कहाँ जानुपर्ने समस्याबाट बच्न सकिन्छ । रोचकखबरबाट साभार

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार १३:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

चितवन । तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११