काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको आकस्मिक बोलाइएको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।
केही बेर अघि पार्टी कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको स्रोतले जनाएको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
यस अघि पार्टीको स्थायी समिति बैठक बसेको थियो । बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई आ-आफ्नो नागरिकता ल्याउनका लागि निर्देशन दिइएको थियो ।
आधिकारिकताको लागि निर्वाचन आयोगमा जाने प्रयोजनका लागि प्रचण्ड-नेपाल पक्षले नागरिकता संकलन गरेको हो ।
त्यस्तै आजको बैठकले निर्वाचन आयोग जाने वा नजाने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया