सीधी बस दुर्घटनामा बेपत्ता ५३ जनको शव फेला, बग्दै गरेको अवस्थामा भेटिए दुई शव

काठमाडौं । भारतको सीधीमा भएको बस दुर्घटनामा बेपत्ता भएका ५३ जनाको शव फेला परेको छ ।

आज थप दुई जनाको शव फेला परेसँगै यो संख्या ५३ पुगेको हो ।

९६ घण्टापछि आज (शुक्रवार) बिहान रमेश विश्वकर्मा) (२५) र योगेन्द्र शर्मा (२८) को शव फेला परेको हो ।

नहरमा बाण सागरको बाँधबाट पानी खोलेपछि पानीको प्रेशरले लाश बगेर टनलमा निस्किएको थियो ।

अझै एक जना बेपत्ता रहेको बताइएको छ ।

शव को नहर से बाहर लाते बचाव टीम के सदस्य।

आज भेटिएका शवको अनुहार भने माछाले खाएको अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?