काठमाडौं । बलिउडसँग जोडिएको ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले गान्धिनगरस्थित फोरेन्सिक साइन्स लेबोरेटरीलाई डेटा जाँचको लागि दिएको थियो ।
यसमध्ये ३० मोबाइल डेटाको फाइनल रिपोर्ट एफएस्एलले एनसीबीलाई दिएको छ । एफएसएललाई ८४ डिभाइस आएको छ । जसमा अहिलेसम्म ५ टीबी डेटा निकालिएको छ ।

यदि यो डेटाको प्रिन्ट निकालेमा ५ लाख भन्दा धेरै कपीज हुनेछन् । एनसीबीले दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रिया चक्रवर्ती, रकुल प्रीत सिंह करिश्मा प्रकाश, अर्जुन रामपाल र उनकी प्रेमीका समेत केहि निर्देशक र मुम्बईका दर्जनौँ ड्रग्स कारोबारीलाई १०० ग्याजेट्सबाट डेटा रिट्राइभ गरेर २ हार्डडिस्क भरेर एफएसएललाई दिएको थियो ।

यसमा ह्वाट्सएप च्याट, फोन कल्स, भिडियो क्लिप्सिंग्सका दुई वर्षका डेटा सोमल छन् ।
उनीहरुले ड्रग्स कारोबार गर्दा डू र डी जस्ता कोडको प्रयोग गरेको खुलासा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया