काठमाडौं । नेपाली कांग्रेसका ओखलढुङ्गाका नेता मित्रसेन दाहालको निधन भएको छ ।
कांग्रेस महासमिति सदस्य समेत रहेका दाहालको बिहान ९ः४५ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातका कारण निधन भएको हो ।
उनी गत निर्वाचनमा ओखलढुंगा प्रदेश ‘क’ का प्रत्याशी उमेदवार समेत रहेका थिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलन, ओखलढुंगा जिल्लाको विकास निर्माण तथा विभिन्न सामाजिक कार्यहरुमा दाहालले पुर्याएको योगदान अतुलनीय रहेको कांग्रेस महामन्त्री शशांक कोइरालाले बताए ।
सामाजिक सञ्जालमा दाहालप्रति श्रद्धान्जली व्यक्त गर्दै महामन्त्री कोइरालाले दाहालको निधनबाट उहाँको भौतिक उपस्थितिको अभाव सदैव महशुस भइरहने उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया