प्रधानमन्त्री ओलीले भने- ‘सरकारले संविधान मिच्दैन र मिच्न दिँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार जनमतको भावना विपरित नजाने बताएका छन् ।

आज ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतेृत्वको सरकारले संविधान नमिच्ने र मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीलेजनअनुमोदित प्रक्रियाको बाटोमा जाने र देशलाई अस्थिरताबाट जोगाउनको लागि आफूले नयाँ निर्वाचनको घोषणा गरेको बताए । साथै तोकिएकै मितिमा निर्वाचन हुने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै सानातिना मतभेदलाई छोडेर बृहत्तर हितमा एकताबद्ध भएर अघि बढ्ने कुरामा जोड दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?