घट्यो सुनको मूल्य, कति छ आजको बजारभाउ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजारले गिरावट आएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार २ सय रहेको थियो । आज सुनको मूल्यमा कमि आइ प्रतितोला सुन ८८ हजार २ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रहेको छ ।

आज प्रतितोला चाँदीको मूल्य तोलामा ३० रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय ३५ रहेको थियो । भने आज चाँदीको मूल्यमा गिरावट आइ चाँदी १३ सय ५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?