कति छ आज विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस् पुरा विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । हिजो बिहीवार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६९ पैसा रहेकोमा आज घटेर खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

आज युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४० रुपैयाँ ६२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६२ रुपैयाँ २८ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ११ पैसा र बिक्रीदर ९० रुपैयाँ ५८ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी जापानी यन १० को खरिददर १० रुपैयाँ ९६ पैसा र बिक्रीदर ११ रुपैयाँ २ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?